१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृतिका असल पक्ष प्रवर्द्धन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीपर्व)मा मौलितकतालाई जोगाउन आह्वान गर्नुभएको छ । उहाँले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न यस पर्वबाट सबैमा प्रेरणा शुभकामना व्यक्त गर्नुभएको छ ।

“होलीपर्व मनाउने सन्दर्भमा देखिने जोरजबर्जस्ती, मादक पदार्थ सेवन र फोहर पानी भरिएको लोलाको प्रयोगजस्ता उत्ताउलोपनले हाम्रा चाडपर्वको मौलिकतालाई नष्ट गर्नुका साथै यसको महत्वलाई नै घटाउँदछ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, “तसर्थ हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ ।”

शुभकामना सन्देशमार्फत उहाँले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलितरूपले क्रियाशील रहन यस सांस्कृतिक पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले होलीमा प्रयोग गरिने रङमा स्वास्थ्यका लागि हानिकारक रसायनको समेत मिश्रण हुनसक्ने खतरा भएको भन्दै यस्ता रङहरूको प्रयोगमा सावधानी अपनाउन सुझावसमेत दिनुभएको छ ।

‘रङ्गहरूको पर्वका रूपमा लिइने फागुपूर्णिमा (होली) पर्वका अवसरमा प्रयोग गरिने रङ्गमा स्वास्थ्यका लागि हानिकारक रसायनको समेत मिश्रण हुन सक्ने भएकाले यस्ता रङ्गहरूको प्रयोगमा सावधानी अपनाउनु आवश्यक छ । साथै, होली पर्व मनाउँने सन्दर्भमा देखिने जोरजबरजस्ती, मादक पदार्थ सेवन र फोहर पानी भरिएको लोलाको प्रयोग जस्ता उत्ताउलोपनले हाम्रा चाडपर्वको मौलिकतालाई नष्ट गर्नुका साथै यसको महत्वलाई नै घटाउँदछ । तसर्थ, हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्द्धन गर्न चाडपर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराई आत्मसात् गर्न सके मात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ । ’ उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।