१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

सरकारको प्यादा बन्ने राष्ट्रपतिमाथि बोल्न पाइन्छ : रामकुमारी झाँक्री

सरकारको प्यादा बन्ने राष्ट्रपतिमाथि बोल्न पाइन्छ : रामकुमारी झाँक्री
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति बिरुद्ध कडा प्रहार गर्दे आउनु भएकी नेकपा नेपाल–दाहाल समुहकी नेतृ रामकुमारी झाँक्रीले फेरी पनि राष्ट्रपतिमाथी प्रहार गर्नुभएको छ । सो समुहले आयोजना गरेको बिरोध कार्यक्रममा कालो पहिरन र मुखमा कालो पट्टि बाधेर मञ्चमा उपस्थित हुनु भएकी झाँक्रीले राष्ट्रपतिमाथि बोल्दा महिला अस्मिताको प्रश्न नआउने दाबी गर्नुभयो । 

उहाले भन्नुभयो ‘बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । हामी बोल्न जन्मेका हौं । खड्ग प्रसाद ओली तानाशाह हुन् । उनको प्यादा बन्ने राष्ट्रपति माथि बोल्न पाइन्छ ।’झाँक्रीले  भन्नुभयो  ‘एउटा खलपात्रको विरुद्धमा बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो ? कुनै पदमा लिंग हुँदैन । मैले राष्ट्रपति संस्थाविरुद्ध होइन, व्यक्तिविरुद्ध बोलेको हुँ ।’ सरकारको  प्यादा बन्ने राष्ट्रपति माथि बोल्न पाइन्छ ।’ हामीले लडेर ल्याएको लोकतन्त्रमा किन बोल्न नपाईने ?