३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । टोलीले सिजनको तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

यो जितका नायक अलराउन्डर आन्द्रे रसेल बने । उनले २५ बलमा अविजित ६४ रनको विस्फोटक इनिङ खेले । यस्तै दुई विकेट पनि लिए ।

शनिबार इडेन गार्डेन रंगशालामा २०९ रनको लक्ष्य पछ्याउन आएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो । हेनरिक क्लासेनले २९ बलमा ८ छक्का प्रहार गर्दै ६३ रनको आक्रामक पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

उनी बाहेक ओपनर अभिषेक शर्मा र मयांक अग्रवालले ३२/३२ रनको योगदान दिए । हर्षित राणाले ३ विकेट लिए ।

कोलकाताको इनिङ्समा ओपनर फिल साल्टले ५४ रन बनाए । रमनदीप सिंहले ३५ र रिंकु सिंहले २३ रनको योगदान दिए । टी नटराजनले तीन विकेट लिए । खेलको प्लेयर अफ द म्याच रसेल घोषित भए ।

आजको खेलः
राजस्थान रोयल्स भर्सेस लखनउ सुपरजायन्ट्स – ३ः४५ बजे
गुजरात टाइटन्स भर्सेस मुम्बई इन्डियन्स – ७ः४५ बजे