• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

पञ्जावले दिल्लीलाई हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पञ्जाव किंग्सले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । पञ्जावका साम करनले सर्वाधिक ६३ रन जोड्दा लियाम लिभिङ्स्टन ३८ रनमा अविजित रहे ।

यस्तै, प्रभसिमरन सिंहले २६, शिखर धवनले २२ रन जोडे । बलिङतर्फ दिल्लीका खालिल अहमद र कुलदीप यादवले २–२ तथा इशान्त शर्माले १ विकेट लिए ।

त्यसअघि टस जितेर हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन जोड्यो । दिल्लीका लागि साई होपले ३३, अभिषेक पोरेलले ३२ (नटआउट) डेभिड वार्नरले २९, अक्षर पटेलले २१, मिचेल मार्शले २० रन जोड्दा ऋषभ पन्तले १८ रन बनाए ।

बलिङतर्फ पञ्जावका अर्षदीप सिंह र हर्षल पटेलले २–२ विकेट लिँदा कागिसो रवाडा, हरप्रित बार र राहुल चाहरले १–१ विकेट लिए ।