७ भाद्र २०८३, आईतवार
,
Latest
तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जावले दिल्लीलाई हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पञ्जाव किंग्सले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । पञ्जावका साम करनले सर्वाधिक ६३ रन जोड्दा लियाम लिभिङ्स्टन ३८ रनमा अविजित रहे ।

यस्तै, प्रभसिमरन सिंहले २६, शिखर धवनले २२ रन जोडे । बलिङतर्फ दिल्लीका खालिल अहमद र कुलदीप यादवले २–२ तथा इशान्त शर्माले १ विकेट लिए ।

त्यसअघि टस जितेर हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन जोड्यो । दिल्लीका लागि साई होपले ३३, अभिषेक पोरेलले ३२ (नटआउट) डेभिड वार्नरले २९, अक्षर पटेलले २१, मिचेल मार्शले २० रन जोड्दा ऋषभ पन्तले १८ रन बनाए ।

बलिङतर्फ पञ्जावका अर्षदीप सिंह र हर्षल पटेलले २–२ विकेट लिँदा कागिसो रवाडा, हरप्रित बार र राहुल चाहरले १–१ विकेट लिए ।