काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेपाली जनतालाई नै भगवान मानेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने हाम्रा भगवान भनेका जनता भएकाले हामी तपाईको शरणमा आएको बताएका हुन् ।
यस्तै प्रचण्डले केपी ओली समूहका दुई जना मन्त्री आफुतिर फर्किन लागेका बताएका छन् । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने ।
प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान प्रचण्डले आग्रह गरेका हुन् । ‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ उनले भने ।