• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु

ठगी गरेको अभियोगमा ६ जना व्यक्ति पक्राउ



काठमाडौं । सुन जस्तो देखिने १ किलो पहेलो धातु  झुक्याइ ठगि गरेको आरोपमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ताहाचलमा बस्दै आएका एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु, सक्कलि सुन हो भनि माघ १० गते निजबाट रु. ५५ लाख ठगी गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुबाट गद रु. ९ लाख ५० हजार, ठगी गरेको रकमबाट खरिद गरेको २ थान मोटरसाईकल र ५ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा काभ्रे जिल्ला, भुम्लु गाउँपालिका वडा नं ५ स्थायी ठेगना भएका तर हाल काठमाडौ महानगरपालिका, माछापोखरी वडा नं १६ बस्दै आएका ३२ वर्षिय सन्त बहादुर लामा, नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका वडा नं ०१,नुजेत ठेगना भएका हाल काठमाडौ जिल्ला तार्केश्वर नगरपालिका शान्तिटोलका ४५ वर्षिय ऋषमान घले, नुवाकोट जिल्ला किसपाङ गाउँपालिका वडा नं ०१ ठेगना भएका हाल काठमाडौ जिल्ला तार्केश्वर नगरपालिका शान्तिटोल  ३५ वर्षिय जित भन्ने मेख तामाङ,

त्यसैगरी, झापा जिल्ला अनारमनि ०१ ,बिर्तामोड ठेगना भएका हाल काठमाडौ जिल्ला, ताहाचल ५३ वर्षिय पप्पु भन्ने अभय कुमार चौधरी, नुवाकोट जिल्ला किसपाङ्ग गाउँपालिका वडा नं. १ ठेगना भएका हाल काठमाडौ तारकेश्वर नगरपालिका वडा नं.५ शान्तिटोल २० वर्षिय चन्द्र भन्ने जेरि तामाङ, साही जिल्लाका गाउँपालिका वडा नं. १ ठेगना भएका हाल तारकेश्वर नगरपालिका, जरङगुमा बस्दै आएका २६ वर्षिय राज तामाङ परेका छन् । 

ठगी भएको व्यक्तिले ठगि कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान तथा पक्राउ गरी कानुन बमोजिम कारबाही गरी पाऊ भनि माघ २६ गते काठमाडौं महाशाखामा निवेदन दिएका थिए । अपराध महाशाखाबाट खोजिकार्यको लागि खटिएको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट अपराधिलाई पक्राउ गरेका हुन् । प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कार्वाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ ।