२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

ठगी गरेको अभियोगमा ६ जना व्यक्ति पक्राउ

ठगी गरेको अभियोगमा ६ जना व्यक्ति पक्राउ
अ अ+ अ-

काठमाडौं । सुन जस्तो देखिने १ किलो पहेलो धातु  झुक्याइ ठगि गरेको आरोपमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ताहाचलमा बस्दै आएका एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु, सक्कलि सुन हो भनि माघ १० गते निजबाट रु. ५५ लाख ठगी गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुबाट गद रु. ९ लाख ५० हजार, ठगी गरेको रकमबाट खरिद गरेको २ थान मोटरसाईकल र ५ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा काभ्रे जिल्ला, भुम्लु गाउँपालिका वडा नं ५ स्थायी ठेगना भएका तर हाल काठमाडौ महानगरपालिका, माछापोखरी वडा नं १६ बस्दै आएका ३२ वर्षिय सन्त बहादुर लामा, नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका वडा नं ०१,नुजेत ठेगना भएका हाल काठमाडौ जिल्ला तार्केश्वर नगरपालिका शान्तिटोलका ४५ वर्षिय ऋषमान घले, नुवाकोट जिल्ला किसपाङ गाउँपालिका वडा नं ०१ ठेगना भएका हाल काठमाडौ जिल्ला तार्केश्वर नगरपालिका शान्तिटोल  ३५ वर्षिय जित भन्ने मेख तामाङ,

त्यसैगरी, झापा जिल्ला अनारमनि ०१ ,बिर्तामोड ठेगना भएका हाल काठमाडौ जिल्ला, ताहाचल ५३ वर्षिय पप्पु भन्ने अभय कुमार चौधरी, नुवाकोट जिल्ला किसपाङ्ग गाउँपालिका वडा नं. १ ठेगना भएका हाल काठमाडौ तारकेश्वर नगरपालिका वडा नं.५ शान्तिटोल २० वर्षिय चन्द्र भन्ने जेरि तामाङ, साही जिल्लाका गाउँपालिका वडा नं. १ ठेगना भएका हाल तारकेश्वर नगरपालिका, जरङगुमा बस्दै आएका २६ वर्षिय राज तामाङ परेका छन् । 

ठगी भएको व्यक्तिले ठगि कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान तथा पक्राउ गरी कानुन बमोजिम कारबाही गरी पाऊ भनि माघ २६ गते काठमाडौं महाशाखामा निवेदन दिएका थिए । अपराध महाशाखाबाट खोजिकार्यको लागि खटिएको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट अपराधिलाई पक्राउ गरेका हुन् । प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कार्वाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ ।