• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

कवि बानियाँ र चित्रकार राई पुरस्कृत



खोटाङ । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुनुहुन्छ ।

साहित्यको माध्यमबाट जिल्लालाई पु¥याएको योगदानको कदर गर्दै कवि बानियाँलाई तथा खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएकमा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिनुभयो । प्रतिष्ठानले छैटौँ वार्षिकोत्सवको अवसरमा दिक्तेलस्थित मुडेमा आज दुवैजनालाई जनही रु ११ हजार एक सय ११ राशिको पुरस्कार प्रदान गरेको हो ।

कवि बानियाँका ‘जागै छन् शब्दहरु’ र ‘मान्छे जोत्ने शहर’ कविता सङ्ग्रह प्रकाशित छन् । उहाँ राष्ट्रिय बालअधिकार परिषद् नेपालका उपाध्यक्षसमेत हुनुहुन्छ । यस्तै चित्रकार राई निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेशनमा कला प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

दुवैजनालाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, खेलकुदलगायत क्षेत्रमा विशेष योगदान पु¥याउने प्रतिभालाई हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको अध्यक्ष एक्लेले बताउनुभयो । रासस