२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ हजार रन बनाउने कोहली एकमात्र भारतीय



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को रंगीन सुरुवातपछि शुक्रबार पहिलो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भएको छ । बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । चेन्नईले १८.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहलीले इनिङ्समा छैटौं रन बनाए लगत्तै टी–२० ढाँचामा १२ हजार रन पूरा गरेका छन् । उनी यस्तो गर्ने पहिलो भारतीय ब्याट्सम्यान बने । उनले चेन्नई सुपर किंग्सविरुद्ध आईपीएलमा एक हजार रन पनि पूरा गरेका छन् ।

कोहली १२ हजार रन बनाउने विश्वका छैटौं र भारतबाट पहिलो ब्याट्सम्यान बने । टी–२० मा सर्वाधिक रन बनाउने कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनले १४ हजार ५६२ रन बनाएका छन् ।

कोहलीले आफ्नो ३६० औं इनिङ्समा १२ हजार रनको अंक पार गरेका हुन् । उनी सबैभन्दा छिटो यो कीर्तिमान बनाउने दोस्रो ब्याट्सम्यान बने । यसअघि क्रिस गेलले ३४५ इनिङ्समा १२ हजार रन पूरा गरेका थिए ।