५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ हजार रन बनाउने कोहली एकमात्र भारतीय



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को रंगीन सुरुवातपछि शुक्रबार पहिलो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भएको छ । बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । चेन्नईले १८.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहलीले इनिङ्समा छैटौं रन बनाए लगत्तै टी–२० ढाँचामा १२ हजार रन पूरा गरेका छन् । उनी यस्तो गर्ने पहिलो भारतीय ब्याट्सम्यान बने । उनले चेन्नई सुपर किंग्सविरुद्ध आईपीएलमा एक हजार रन पनि पूरा गरेका छन् ।

कोहली १२ हजार रन बनाउने विश्वका छैटौं र भारतबाट पहिलो ब्याट्सम्यान बने । टी–२० मा सर्वाधिक रन बनाउने कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनले १४ हजार ५६२ रन बनाएका छन् ।

कोहलीले आफ्नो ३६० औं इनिङ्समा १२ हजार रनको अंक पार गरेका हुन् । उनी सबैभन्दा छिटो यो कीर्तिमान बनाउने दोस्रो ब्याट्सम्यान बने । यसअघि क्रिस गेलले ३४५ इनिङ्समा १२ हजार रन पूरा गरेका थिए ।