२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

वर्षा भन्छिन,कहिलेसम्म हामी असुरक्षित रहने ?

वर्षा भन्छिन,कहिलेसम्म हामी असुरक्षित रहने ?
अ अ+ अ-

काठमाडौं । नेपाली नायिका वर्षा सिवाकोटीले महिलाहरु कहिलेसम्म असुरक्षित रहने भन्दै सामाजिक संजालमा प्रश्न तेर्साएकी छन् । उनले भनिन्, नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन्।

निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ? के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कम्जोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधिको पहिचन गरि, सजाय दिन नसक्ने ? के गरीबका लागि न्याय त्यति महँगो भइसक्यो ? जस्ता प्रश्नहरु उनले गरेकी छन् ।  उनले न्यायपालिकासँग बलत्कारीहरुलाई सजायको माग गरेकी छन् ।  

उनले राजनितिक दलहरुलाई व्यङ्ग्य गर्दै आग्रह गरेकी छन्, "तिम्रो र्यालीमा आएका जति  मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए, फेरी अर्की बहिनी बलत्कृत हुन्न थिइन् कि ?", ' तिम्रो आन्दोलनको नारा यदी बलत्कार र बलत्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनिको बलत्कारीले सजाय पाउँथ्यो कि ?'

सिवाकोटीले आमसभामा भेला भएका नागरिक दाजुभाई, दिदिबहिनी, आमाबुबालाई के को लागि लड्नु पर्ने र के माग हुनु पर्ने विषयमा आफैले आफैसँग प्रश्न गर्नु पर्ने अबस्था आएको छ भनेर सचेत गराएकी छन् । यो विषयमा सबैले सोचौँ अपराधिलाई सजाय दिएर यी जस्ता अरु घटना भविष्यमा आउन नदिउ भनेर आफ्नो भावना सामाजिक संजालमा पोखेकी छन् । बलात्कार घटनाको यतिका दिन बितिसक्दा पनि अपराधिले सजाय नापाए पछि अपराधीको मनोबल झन बलियो बन्दै गएको छ र पीडित अझै पीँडामै छन् भनेर उनले आम समाजलाई सचेत गराएकी छन् । अब भने जनताको भरोसा सरकार र संविधानबाट उठ्ने बेला भइसक्यो, भन्दै उनले सरकारलाई समेत यस विषमा गम्भीर रुपमा सोच्न आग्रह गरेकी छन् । 

राजनेताहरुलाई खबरदारी गर्दै, उनले भनिन्, देश झन झन अस्थिरता तर्फ जाँदैछ त्यसैले कुर्सीको लडाइँ छोड, सत्यको लागि लड, जनाताको पक्षमा लड ,जीत तिम्रै हुनेछ । र अन्तिममा न्याय दिन अझ विलम्ब नहोस् भनेर उनले सरकारलाई आग्रह गरेकी छन् । उनले न्याय माग्नको लागि यस्ता ट्रयागलाइनको प्रयोग गरेकी छन् ।#justicefornirmala  #justiceforsamjhana   #justiceforbhagirathi   #JusticeDelayedIsJusticeDenied