१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति
अ अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण प्रभावकारीरुपमा हुन सकेन भने राज्यका स्रोत दुरुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताउनुभयो । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । 

“मुलुकमा हुनसक्ने अव्यवस्था, बेथिति र गैरकानूनी विचलनलाई समूलरुप अन्त्य गर्न सके मात्र समष्टिगतरुपमा भ्रष्टाचार न्यूनीकरण हुँदै जानेछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । जननिर्वाचित सरकारले जनताका विकास र समृद्धिका आकाङ्क्षालाई प्रभावकारी ढङ्गले सम्बोधन गरी उच्चतम नागरिक उत्तरदायित्व बहन गर्दै अघि बढेको परिवेशमा भ्रष्टाचारप्रति शून्य सहनशिलता कायम गर्न सम्बद्ध सबै क्षेत्र, निकाय र समग्र समाज नै अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके मात्र सुशासन कायम हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदनमार्फत सुझाएका सार्वजनिक हित र सरोकारका विषयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकताका साथ काम गर्ने छ भन्ने आफूले विश्वास लिएको उहाँको भनाइ थियो । भ्रष्टाचार र अख्तियार दुरुपयोगविरुद्ध परेका उजुरीहरूको छानविन र अभियोजनमा आयोगले निष्पक्षता, तटस्थता र निर्भिकतालाई मूल मन्त्र मानी कार्य गर्नेछ र राज्यलाई सुशासन र समृद्धिको मार्गमा सबभन्दा ठूलो अभिभाराका साथ योगदान गर्नेछ भन्ने अपेक्षा गरेको राष्ट्रिपति भण्डारीले उल्लेख गर्नुभयो । 

“भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र समृद्धि प्राप्तिका लागि आयोगका पदाधिकारी एवम् सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको निष्ठा, प्रतिबद्धता, ऐक्यबद्धता र समर्पण रहने छ भन्ने मेरो विश्वास रहेको छ”, उहाँले भन्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यले लिएका निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक रणनीतिको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आयोग सक्रिय बन्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।