२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिम्रो ‘सडक’ आन्दोलन बहिष्कार गर्छु !



अ+ अ-

प्रचण्ड, वली, नेपाल, देउवा र उनका साथीहरु नेताहरु सडकमा आएर नारा लगाउँछन तर ती नेताहरु र उनका आसेपासे कहिले गएर गाउँघरका समुुदायको समस्या बुुझ्नुुपर्छ भनेर नारा लगाए ? आफूूहरु समुुदायमा गएर जनताको दुख सुख बुझे ?

कोरोनाको बेलामा समुुदायका मानिसहरु भोकै परे कि, बिरामी भए कि ? दलित र अन्य सिमान्तकृतको घरमा चुुल्हो बल्यो कि बलेन ? आइसोलेशनमा बसेका मानिसहरुको शारीरिक र मानसिक स्वास्थ्य कस्तो रह्यो आदि कुुनै नेताले सोधे ? कोरोनाको बेला सुत्केरीहरु प्रसव पिडामा पर्दा र मर्दा कुनै नेताले आवाज उठाए ? आफूूले स्कूूल ‘पढाउन’ छोरा छोरी बनाएका बालबालिकाहरु साँच्ची नै ‘स्कूूल’ गए कि गएनन हेरे ?

सडकमा शक्ति उर्तान सजिलो हुुन्छ नि नेताजी, तर एक दलित परिवारलाई अन्नको जोहो गराउन, बिरामी परेको बेला उपचार गराउन गाहे हुुन्छ नेताजी, यदि यहाँहरुलाई यो बारेमा थाहा छैन भने हामीसँग सम्पर्क राख्नुुुस् नेताजी । तपाईहरुलाई बन करिया र राउटे कस्ता हुुन्छन्, उनका सन्तान किन असमय मर्छन भनेर दुुःख पूूर्ण कथा सुुनाइदिने छुु । हुुन त यस्ता कथाहरु त प्रचण्ड, वली र नेपालले नसुुनेका, नबुुझेका, नदेखेका त होइनन होला ।

तर आफ्नो ‘शक्ति’ यी कसैले पनि ती जनताको भोको पेटमा बलेको आगो निभाउन खर्च गरेको छैन । आफूू सत्तामा आउन सबैले ‘शक्ति’ देखाएको यो तिम्रो जुुलुस म बहिष्कार गर्छुु । ‘वली’ आफ्नो शत्ति देखाउन ‘सामाजिक संजाल’ लाई नियन्त्रणमा राख्न खोज्छन् । ज्ञानेन्द्रले जस्तै ‘नेपाल र प्रचण्ड’ चाहिँ सडकमा मान्छे उर्तान खोज्छन्, ‘पंचे’ जस्तै । तिमीमध्ये कुुनले चाहिँ नेपालको भलो गर्ने काम ग¥यौं ह । त्यसैले तिम्रो जुलुुस बहिष्कार ?

जुन दिन तिमीहरुले जनताको लागि अन्नको जोहो गर्न, लुुगा नभएकालाई लुुगाको जोहो गर्न, नवजात शिशुु र उनकी आमा बचाउन सडकमा शक्ति देखाउनेछौं, तब म आउनेछुु ।