१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

हामीसँग सूर्य चिन्ह छ, ओलीसँग त बयलगाडाको चिन्ह बाहेक अरु केही पनि छैन : माधव कुमार नेपाल

हामीसँग सूर्य चिन्ह छ, ओलीसँग त बयलगाडाको चिन्ह बाहेक अरु केही पनि छैन : माधव कुमार नेपाल
अ अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराउनुभएको छ ।

बुधबार काठमाडौमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले आयोगमा गएर म नै हो पहिलो अध्यक्ष भन्दै आयोगलाई अन्यथा निर्णय नगर्न धम्की दिएको प्रसँग उल्लेख गर्दै त्यसो नगर्न सचेत गराउनुभएको हो । मन्त्रीहरुको अधिकार सबै खोसेर आफ्नो हातमा लिएको प्रधानमन्त्रीले त्यही हैसियतमा संबैधानिक र स्वतन्त्र आयोगहरुलाई थर्काउने काम गरेको भन्दै उहाँले त्यसो नगर्न खबरदारी गर्नुभयो ।

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको दबाबमा नपरि विद्यमान कानुन र विधान अनुसार निर्णय गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “आधिकारिताको विवादमा पस्न पाउदैन भनिएको छ । कानुनमा एउटै पार्टीभित्र दलको नाम, निर्वाचन चिन्ह र छापको बारेमा विवाद आयो भने वहुमतको निर्णयलाई हामी स्वीकार गछौ भनेर निर्वाचन आयोगको कानूनमा लेखेको छ । ”

संबैधानिक निकाय निकाय निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले कुनै पनि हस्तक्षेप गर्न नपाउने भन्दै उहाँले ओलीको आदेश र फरमानलाई भन्दा नियम कानुन अनुसार निर्णयमा पुग्न सुझाउनुभयो । अन्यथा कानूनको कसैले पनि पालना नगर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीले आयोगले अगाडि बढाईसकेको काममा हस्तक्षेप गर्न थालेका छन् । खबरदार स्वतन्त्र निकाय निर्वाचन आयोगको काममा केपी ओली प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउँदैन । निर्वाचन आयोगले नियमावलीमा परिर्वतन गरेर पठाइसकेको छ । नछाप्नु भनी निर्देशन दिइएको छ । उनले तुरुन्त आदेश र फरमान फिर्ता लिउन् र निर्वाचन आयोगको निर्णयको सम्मान गरुन् । होइन भने यो देशमा कसैले पनि कानुनको पालना गर्ने छैनन् । कसैले पनि निर्वाचन आयोगको सम्मान गर्ने छैनन् । यो कुराको हेक्का होस् सबैलाई ।”

उहाँले आफूहरु लगायत नागरिक समाज स्वतन्त्र निर्णय गर्ने संबैधानिक निकायको पक्षमा रहेको भन्दै निर्धक्क भएर निर्णय गर्न आयोगलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “जसलाई कम्युनिष्ट पार्टीको नाम मन पर्दैन । जसलाई लालसलाम शब्द मन पर्दैन । जसलाई पार्टीको क्रान्तिकारी अनुसासन मन पर्दैन । जसलाई पार्टीको बैठक भन्ने वित्तिकै रिंगटा लाग्छ । बैठक भन्यो कि केपी ओली फेन्ट हुने । त्यो मान्छे कम्युनिष्ट पार्टीको नेता हुनसक्छन् ? त्यस्तो मान्छे कम्युनिष्ट पार्टीको नेता हुन सक्क्तैन । कहाँबाट देशको प्रधानमन्त्री भए ? मन्त्रीहरुको जम्मै अधिकार आफ्नो हातमा लिएका थिए । त्यही हैसियतले अहिले पनि निर्वाचन आयोगलाई थर्रकमान गर्न खोजिरहेका छन् । खबरदार । हामी साथमा छौ तपाईहरुको । हामी जीउँदै छौ । हामी यहीँ छौ । ”

उहाँले प्रधानमन्त्री ओलीलाई बहुमतको शासन मान्न तयार भए निर्वाचन आयोगलाई धम्कि दिन छाडेर आफ्ना पक्षकालाई मार्चपास गराएर टाउको गन्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “मार्च पास गराऔ ४ सय ४१ जना मध्ये केपी ओलीको पक्षमा कति जना उभिन्छन् ? सय जना । हाम्रो पक्षमा ३ सय जना ।”

पार्टीको विधानमा अध्यक्ष पहिलो नलेखेको भन्दै उहाँले ओली आफैले आफुलाई पहिलो भन्दै हिडेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “ पहिलो अध्यक्ष ओली गुटको होला । बालकोटको होला । तर नेकपाको पहिलो अध्यक्ष होइन । विधानमा लेखेको छ ? लेखेको छैन । निर्णयमा लेखिएको छ ? छैन । मान नमान मै तेरा मेहमान । कसैले देओस् नदओस् ताज पहिरिएर हिडेका छन् । ”

उहाँले चुनाव चिन्ह सूर्य आफूहरुको भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीसंग सूर्य चिन्ह छ । केपी ओलीसंग त बयलगाडाको चिन्ह बाहेक अरु केही पनि छैन । ”
उहाँले पार्टीको सिद्धान्त विचार सबै छाडेर प्रधानमन्त्री ओली आफ्नो पाप पखाल्न पशुपतिको शरणमा पुगेको व्यंग्य गर्नुभयो ।

नेता नेपालले भन्नुभयो “केपी ओली जी तपाईले मदन भण्डारीको नाम जप्ने गर्नुभएको छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अब पशुपति नाथको मन्त्र जप्न सुरु गर्नुभएको छ । तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ । जो मानिस राम्रो प्रवृत्तिको मान्छे छ । जसले धर्म गर्दछु । पाप गर्नेलाई पशुपतिनाथले पनि माफ गर्दैनन । चेतना भया । केपी ओलीलाई चेतना भया । संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई जनअधिकार कुल्चिनेहरुलाई ।”

केपी ओली नेतृत्वको सरकारको समयमा ७ हजार १ सय ७० नेपाली चेलीहरु बलात्कृत भएको र उनीहरुको आत्माले ओलीलाई  ‘ए ओली तिमीले कति जनालाई सजायँ दिएका छौ ? कति जना अपराधीलाई जेलमा कोचेका छौ ? तिम्रो असंवेदनशीलतालाई देख्दा हामीलाई लाज लागिरहेको छ । ’ भनिरहेको उल्लेख गर्नुभयो ।

आम जनताले केपी ओलीलाई धिक्कारी रहेको भन्दै उहाँले प्रधानमन्त्री ओलीले गरेको पाप पशुपतिमा बत्ति बालेर धोईपखाली गर्न नसकिने बताउनुभयो ।