१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास र पेट्रोलको भाउ बढ्यो



अ+ अ-

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ  निर्धारण गरेको छ ।

निगमले बुधबार  विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।