• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज: गुजरात र बेंगलुरु भिड्दै, यस्तो छ हेड टु हेड ★   राष्ट्रपतिद्वारा सरकारले पठाएका लगानीमैत्री अध्यादेश जारी ★   देवघाटमा दुई वडाका नयाँ भवन निर्माण ★   लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध ★   नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन ★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल ★   उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी ★   लगानी सम्मेलन सुरु (फोटो फिचरसहित) ★   लगातार दोस्रो जितको खोजिमा नेपाल ★   गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

रूसको मस्कोमा आतंकवादी आक्रमण, कम्तिमा ६० जनाको मृत्यु



काठमाडौं । रूसको राजधानी मस्कोस्थित एक थिएटरमा बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

आक्रमणमा एक सयभन्दा बढी घाइते भएका छन । मस्कोनजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । कम्प्लेक्समा आगोको मुस्लो नै देखिएको थियो ।

हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । तर रूसले यसबारे कुने प्रतिक्रिया दिएको छैन । रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको जनाएको छ ।

यसैबीच मस्कोस्थित अमेरिकी दूतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई सचेत गराएको छ ।