२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै



अ+ अ-

काठमाडौं । जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ । मुलुकका २० स्थानमा यो केन्द्र खडा भइसकेको छ ।

जग्गाका  पुराना  ढड्डा  स्रेस्तालाई  अब  सेवाग्राहीले स्थानीय तहसँगको सम्पर्कमा रहेर कम्प्युटरबाटै जानकारी लिएर  सेवा  लिने  व्यवस्था  गरिएको  छ ।  भूमि  व्यवस्था तथा  अभिलेख  विभागका महानिर्देशक  शेषनारायण पौडेलका अनुसार जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा नागरिकले घरदैलोबाटै लिन सकून् र विभिन्न कार्यालय धाइरहन नपरोस् भनेर यो व्यवस्था थालिएको हो ।

घरजग्गा  धितोमा  रहेर  वाणिज्य  बैङ्क वा साहु आसामी  परेको  तथा  सहकारी  वित्तीय  संस्थाले  रोक्का राखेको जग्गा फुकुवा गर्ने र धितोमा राख्दा जग्गा रोक्का राख्नेलगायतका कार्य अब यही सेवामार्फत हुने महानिर्देशक पौडेल बताउँछन्। डिजिटलाइज प्रणालीअनुसार प्रदान गरिएको  यो  सेवा  ११६  भूमिसुधार  कार्यालयमध्ये  १०८ कार्यालयमा  सञ्चालनमा  छ । अब  बाँकी  कार्यालयमा पनि यो सेवा पुर्याइँदै छ ।

महानगरपालिका, नगरपालिका र  गाउँपालिकाबाट  सेवाग्राहीले  यो  सेवा  लिने  गरी  यही आर्थिक वर्षमा सबै स्थानमा यो सेवा पुर्याउने गरी कार्य भइरहेको महानिर्देशक पौडेलले जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।




भर्खरै