१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो: उपाध्यक्ष कँडेल

मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो: उपाध्यक्ष कँडेल
अ अ+ अ-

खोटाङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताउनुभएको छ । विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आउनुभएको अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताउनुभयो । 

उपाध्यक्ष प्रा डा कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा नेकपा खोटाङका नेता देवविक्रम राईले खोटाङसँग सम्बन्धित सडक, पुल तथा विद्युत्को कामलाई द्रुत गति दिन आयोगका उपाध्यक्ष प्रा डा कँडेललाई ध्यानाकर्षण गराउनुभयो । जिल्लामा सञ्चालित अधिकांश विकास निर्माणका काममा ठेकेदार कम्पनीको लापर्वाहीले ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन काम भइरहेको जानकारी गराउनुहुँदै नेता राईले यसप्रति कडाइ गर्न अनुरोध गर्नुभयो । 

प्राविधिक टोलीसहित अनुगमनमा निस्कनुभएका उपाध्यक्ष प्रा डा कँडेल बुधबार नै साँझ कालोपत्रको काम भइरहेको दिक्तेल–चखेवा सडक अवलोकन गर्नुहुँदै छिमेकी जिल्ला भोजपुर जानुभएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत रामेछापको दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल आउनुभएका उपाध्यक्ष प्रा डा कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।