२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली ऐतिहासिक कीर्तिमान नजिक, मात्र ६ रन आवश्यक



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बेंगलूरु भिड्दैछन् ।

यसैबिच रोयल च्यालेन्जर्स बैंगलोरका अनुभवी खेलाडी विराट कोहलीसँग आजको खेलमा विशेष कीर्तिमान बनाउने मौका छ । कोहली टी–२० मा १२ हजार रनको नजिक छन् । यसका लागि उनलाई केवल ६ रनको मात्र आवश्यक रहेको छ ।

यदि उनले यो पूरा गरे १२ हजार टी–२० रन बनाउने पहिलो भारतीय खेलाडी बन्नेछन् । कोहलीले आईपीएल २०२४ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध यो उपलब्धि हासिल गर्न सक्छन् ।

कोहलीले अहिलेसम्म खेलेका ३७६ टी–२० खेलमा ११९९४ रन बनाएका छन् । उनले यो अवधिमा ८ शतक र ९१ अर्धशतक बनाएका छन् । कोहलीपछि भारतीय खेलाडीको सुचीमा रोहित शर्मा रहेका छन् ।

टी-२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेल रहेका छन् । गेलले ४६३ खेलमा १४५६२ रन बनाएका छन् । उनले यस फर्म्याटमा २२ शतक र ८८ अर्धशतक बनाएका छन् ।

दोस्रो नम्बरमा शोएब मलिक छन् । उनले ५४२ खेलमा १३३६० रन बनाएका छन् । किरोन पोलार्ड तेस्रो नम्बरमा छन् । उनले ६६० खेलमा १२ हजार ९ सय रन बनाएका छन् । एलेक्स हेल्स चौथो नम्बरमा छन् । उनले १२३१९ रन बनाएका छन् ।

आइपिएलमा विराट कोहलीले अहिलेसम्म खेलेका २३७ खेलमा ७२६३ रन बनाएका छन् । प्रतियोगितामा उनले ७ शतक र ५० अर्धशतक प्रहार गरेका छन् । उनको उत्कृष्ट स्कोर ११३ रन रहेको छ ।