२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली ऐतिहासिक कीर्तिमान नजिक, मात्र ६ रन आवश्यक



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बेंगलूरु भिड्दैछन् ।

यसैबिच रोयल च्यालेन्जर्स बैंगलोरका अनुभवी खेलाडी विराट कोहलीसँग आजको खेलमा विशेष कीर्तिमान बनाउने मौका छ । कोहली टी–२० मा १२ हजार रनको नजिक छन् । यसका लागि उनलाई केवल ६ रनको मात्र आवश्यक रहेको छ ।

यदि उनले यो पूरा गरे १२ हजार टी–२० रन बनाउने पहिलो भारतीय खेलाडी बन्नेछन् । कोहलीले आईपीएल २०२४ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध यो उपलब्धि हासिल गर्न सक्छन् ।

कोहलीले अहिलेसम्म खेलेका ३७६ टी–२० खेलमा ११९९४ रन बनाएका छन् । उनले यो अवधिमा ८ शतक र ९१ अर्धशतक बनाएका छन् । कोहलीपछि भारतीय खेलाडीको सुचीमा रोहित शर्मा रहेका छन् ।

टी-२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेल रहेका छन् । गेलले ४६३ खेलमा १४५६२ रन बनाएका छन् । उनले यस फर्म्याटमा २२ शतक र ८८ अर्धशतक बनाएका छन् ।

दोस्रो नम्बरमा शोएब मलिक छन् । उनले ५४२ खेलमा १३३६० रन बनाएका छन् । किरोन पोलार्ड तेस्रो नम्बरमा छन् । उनले ६६० खेलमा १२ हजार ९ सय रन बनाएका छन् । एलेक्स हेल्स चौथो नम्बरमा छन् । उनले १२३१९ रन बनाएका छन् ।

आइपिएलमा विराट कोहलीले अहिलेसम्म खेलेका २३७ खेलमा ७२६३ रन बनाएका छन् । प्रतियोगितामा उनले ७ शतक र ५० अर्धशतक प्रहार गरेका छन् । उनको उत्कृष्ट स्कोर ११३ रन रहेको छ ।