९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

यसकारण आईपीएलको यो सिजन रोचक बन्नेछ

यसकारण आईपीएलको यो सिजन रोचक बन्नेछ
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बेंगलूरु भिड्दैछन् ।

यसपालिको सिजन निकै रोचक हुने अनुमान गरिएको छ । चेन्नई सुपर किंग्सले यो सिजन नयाँ कप्तानको साथ मैदानमा उत्रने भएको छ । महेन्द्र सिंह धोनीले टोलीको जिम्मेवारी रुतुराज गायकवाडलाई दिएका छन् । यस्तै, ऋषभ पन्त पनि दिल्ली क्यापिटल्समा फर्किएका छन् । यसकारणले यसपालिको आईपीएल निकै रोचक हुने छ:

ऋषभ पन्तको पुनरागमन

ऋषभ पन्त लामो समयपछि मैदानमा फर्किएका छन् । उनले आफ्नो अन्तिम खेल २०२२ को आईपीएलमा खेलेका थिए। त्यसपछि उनी कार दुर्घटनाका कारण मैदानबाट टाढा रहे । पन्तले आईपीएलमा ९८ खेल खेलेका छन् । उनले यस अवधिमा २८३८ रन बनाएका छन् । पन्तले यो प्रतियोगितामा १ शतक र १५ अर्धशतक बनाएका छन् ।

रोहितको स्थानमा पाण्ड्याको कप्तानी

मुम्बई इन्डियन्सले यसपालि रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानी दिएको छ । रोहित शर्माको कप्तानीमा मुम्बईले ५ पटक उपाधि उचालेको थियो । यसअघि गुजरातबाट खेलेका पाण्ड्याले २०२२ मा गुजरातलाई च्याम्पियन र २०२३ मा उपविजेता बनाएका थिए।

गिलले कप्तानी गर्दै

युवा ब्याट्सम्यान शुभमन गिल यसपालि गुजरात टाइटन्सको कप्तानीमा देखिनेछन् । हार्दिक पाण्ड्या मुम्बई गएपछि गिलले कप्तानी सम्भाल्ने भएका हुन् । गिलले अहिलेसम्म आईपीएलमा कप्तानी गरेका छैनन् ।

गिलले पछिल्लो २ सिजनमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले अघिल्लो सिजनमा मात्रै ८९० रन बनाएका छन् । गिलको भविष्यको कप्तान बन्ने क्षमता छ कि छैन भन्ने यो आईपीएल सिजनले निर्णय गर्ने क्रिकेट विज्ञहरूले बताएका छन्।

४२ वर्षीय धोनी आफ्नो अन्तिम आईपीएल खेल्दै

महेन्द्र सिंह धोनीले सबैलाई चकित पार्दै १७ औं सिजन सुरु हुनुअघि नै कप्तानी छोडे । उनको स्थानमा ऋतुराज गायकवाडले कमाण्ड सम्हालेका छन् । कप्तानी छोडेपछि यो धोनीको अन्तिम सिजन हुने विश्वास गरिएको छ । गत सिजन, उनले घुँडाको चोटसँग लड्दै पूरै प्रतियोगिता खेले। फिटनेसका कारण उनले प्रतियोगिता सकिएपछि सन्यास लिन सक्नेछन् ।

 कोहलीको आरसीबी उपाधिको प्रतिक्षामा

विराट कोहली आईपीएलका सबै सिजनमा सहभागी भइसकेका छन् र हरेक पटक उनले आरसीबीसँग टूर्नामेंट खेलेका छन्। उनी आईपीएलको सर्वाधिक रन बनाउने खेलाडी हुन् । १६ सिजनमा कोहलीले ७ शतक र ५० अर्धशतक प्रहार गर्दै ७ हजार ६२३ रन बनाएका छन् । कोहली सर्वाधिक रन बनाएका छन् तर उनको टोलीले अहिलेसम्म एउटा पनि उपाधि जित्न सकेको छैन ।

आरसीबीले तीन पटक आईपीएल फाइनल खेलेको छ । कोहलीको कप्तानीमा टोली अन्तिम पटक २०१६ मा फाइनल पुगेको थियो। फाफ डु प्लेसिसको कप्तानीमा टोली गत सिजन ५ नम्बरमा उभिएको थियो । अब नयाँ बलरको उपस्थितिमा टोलीले कस्तो प्रदर्शन गर्छ त्यो हेर्न महत्वपूर्ण हुनेछ ।

यसपटकको आईपीएल सिजन लामो हुने

यसपटकको आईपीएल सिजन सबैभन्दा लामो हुने बताईएको छ । भारतमा लोकसभा चुनावका कारण प्रतियोगिताको तालिका सार्वजनिक भएको छैन । सिजनको पहिलो २१ खेलको मात्र तालिका सार्वजनिक भएको छ । यस पटकको सिजन २२ मार्चबाट सुरु हुँदैछ र यसको फाइनल सम्भवत: २६ मे मा खेलिनेछ ।