• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल

यसकारण आईपीएलको यो सिजन रोचक बन्नेछ



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बेंगलूरु भिड्दैछन् ।

यसपालिको सिजन निकै रोचक हुने अनुमान गरिएको छ । चेन्नई सुपर किंग्सले यो सिजन नयाँ कप्तानको साथ मैदानमा उत्रने भएको छ । महेन्द्र सिंह धोनीले टोलीको जिम्मेवारी रुतुराज गायकवाडलाई दिएका छन् । यस्तै, ऋषभ पन्त पनि दिल्ली क्यापिटल्समा फर्किएका छन् । यसकारणले यसपालिको आईपीएल निकै रोचक हुने छ:

ऋषभ पन्तको पुनरागमन

ऋषभ पन्त लामो समयपछि मैदानमा फर्किएका छन् । उनले आफ्नो अन्तिम खेल २०२२ को आईपीएलमा खेलेका थिए। त्यसपछि उनी कार दुर्घटनाका कारण मैदानबाट टाढा रहे । पन्तले आईपीएलमा ९८ खेल खेलेका छन् । उनले यस अवधिमा २८३८ रन बनाएका छन् । पन्तले यो प्रतियोगितामा १ शतक र १५ अर्धशतक बनाएका छन् ।

रोहितको स्थानमा पाण्ड्याको कप्तानी

मुम्बई इन्डियन्सले यसपालि रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानी दिएको छ । रोहित शर्माको कप्तानीमा मुम्बईले ५ पटक उपाधि उचालेको थियो । यसअघि गुजरातबाट खेलेका पाण्ड्याले २०२२ मा गुजरातलाई च्याम्पियन र २०२३ मा उपविजेता बनाएका थिए।

गिलले कप्तानी गर्दै

युवा ब्याट्सम्यान शुभमन गिल यसपालि गुजरात टाइटन्सको कप्तानीमा देखिनेछन् । हार्दिक पाण्ड्या मुम्बई गएपछि गिलले कप्तानी सम्भाल्ने भएका हुन् । गिलले अहिलेसम्म आईपीएलमा कप्तानी गरेका छैनन् ।

गिलले पछिल्लो २ सिजनमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले अघिल्लो सिजनमा मात्रै ८९० रन बनाएका छन् । गिलको भविष्यको कप्तान बन्ने क्षमता छ कि छैन भन्ने यो आईपीएल सिजनले निर्णय गर्ने क्रिकेट विज्ञहरूले बताएका छन्।

४२ वर्षीय धोनी आफ्नो अन्तिम आईपीएल खेल्दै

महेन्द्र सिंह धोनीले सबैलाई चकित पार्दै १७ औं सिजन सुरु हुनुअघि नै कप्तानी छोडे । उनको स्थानमा ऋतुराज गायकवाडले कमाण्ड सम्हालेका छन् । कप्तानी छोडेपछि यो धोनीको अन्तिम सिजन हुने विश्वास गरिएको छ । गत सिजन, उनले घुँडाको चोटसँग लड्दै पूरै प्रतियोगिता खेले। फिटनेसका कारण उनले प्रतियोगिता सकिएपछि सन्यास लिन सक्नेछन् ।

 कोहलीको आरसीबी उपाधिको प्रतिक्षामा

विराट कोहली आईपीएलका सबै सिजनमा सहभागी भइसकेका छन् र हरेक पटक उनले आरसीबीसँग टूर्नामेंट खेलेका छन्। उनी आईपीएलको सर्वाधिक रन बनाउने खेलाडी हुन् । १६ सिजनमा कोहलीले ७ शतक र ५० अर्धशतक प्रहार गर्दै ७ हजार ६२३ रन बनाएका छन् । कोहली सर्वाधिक रन बनाएका छन् तर उनको टोलीले अहिलेसम्म एउटा पनि उपाधि जित्न सकेको छैन ।

आरसीबीले तीन पटक आईपीएल फाइनल खेलेको छ । कोहलीको कप्तानीमा टोली अन्तिम पटक २०१६ मा फाइनल पुगेको थियो। फाफ डु प्लेसिसको कप्तानीमा टोली गत सिजन ५ नम्बरमा उभिएको थियो । अब नयाँ बलरको उपस्थितिमा टोलीले कस्तो प्रदर्शन गर्छ त्यो हेर्न महत्वपूर्ण हुनेछ ।

यसपटकको आईपीएल सिजन लामो हुने

यसपटकको आईपीएल सिजन सबैभन्दा लामो हुने बताईएको छ । भारतमा लोकसभा चुनावका कारण प्रतियोगिताको तालिका सार्वजनिक भएको छैन । सिजनको पहिलो २१ खेलको मात्र तालिका सार्वजनिक भएको छ । यस पटकको सिजन २२ मार्चबाट सुरु हुँदैछ र यसको फाइनल सम्भवत: २६ मे मा खेलिनेछ ।