१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजदेखि सुरु हुँदै



अ+ अ-

काठमाडौँ । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बेंगलूरु भिड्दैछन् ।

चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुनलागेको चेन्नई र बेंगलूरुबीचको खेल नेपाली समय अनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ।

यसपटक चेन्नई महेन्द्रसिंह धोनीको कप्तानी बिनै मैदान उत्रदै छ । चेन्नईको कप्तानी गर्दै पाँच पटक उपाधि दिलाएका धोनीले यस सिजनमा भने कप्तानी नगर्ने भएका छन्। उनको स्थानमा चेन्नईको नयाँ कप्तानमा ऋतुराज गायक्वाडलाई नियुक्त गरिएको छ। पाँच पटकको च्याम्पियन र पछिल्लो पटकको विजेता चेन्नईको टोली कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्यमा छ ।

उता बेंगलूरुको कप्तानी फ्याफ डु प्लेसिसले गर्नेछन् । भर्खरै मात्र बेंगलूरुको महिला टोलीले उपाधि जिते पश्चात पुरुष टोली पनि पहिलो पटक उपाधि जित्ने दाउमा हुनेछ ।

चेन्नई र बैंग्लोर आइपीएलमा अहिलेसम्म ३१ पटक आमने सामने भइसकेका छन्। यस अवधिमा चेन्नईले २० खेल जितेको छ भने बैंग्लोरले १० खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।




भर्खरै