२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरबारे मध्यपुर थिमिका स्वास्थ्यकर्मीलाई तालीम



अ+ अ-

भक्तपुर ९ चैत । जलवायु परिवर्तनसंगै पछिल्लो समय कोभिड, डेंगुलगायत विभिन्न किसीमका सरुवा रोगहरु फैलिएर धेरै मानिसहरुको अकालमा ज्यान जान थालेको छ ।

यस्तो अवस्थामा मध्यपुर थिमि नगरपालिका क्षेत्रमा वसोवास गर्दै आएका वासिन्दाको स्वास्थ्यप्रति संवेदनशिल रही समयमै सर्तकता अपनाउने उद्धेश्यले नगरपालिकाको ९ वटै वडाको स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असर र यसबाट बच्ने उपायबारे तालीम दिइएको छ ।

फ्रान्सको राजधानी पेरीसस्थित फाउण्डेशन ‘एस’ को आर्थिक सहयोगमा हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा सो तालीम आयोजना गरेको हो ।

तीनवटा समूह बनाई दुई/दुई दिन आयोजना गरिएको सो तालीममा नगरपालिकाको ९ वटै वडाका ५१ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई यसप्रकारको तालीम दिँदा त्यहाँ उपचारको लागि आउने विरामीहरुको रोगको कारण पहिचान गर्न र जलवायु परिवर्तनबाट लागेका सरुवा रोगबारे बेलैमा सचेतता अपनाएर अरुवाई बचाउन सजिलो हुने हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठले बताइन् ।

सो तालीमको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए भने समापनमा तालीमका सहभागी स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले प्रमाणपत्र वितरण गरेका थिए ।

हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी अध्यक्ष रत्नकेशरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट, जनस्वास्थ्य विभाग प्रमुख श्रीकृष्ण प्रजापति तथा तालीमका प्रशिक्षक डा.यादव प्रसाद जोशीले तालीमको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।