२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्टीले जितिन् अस्ट्रेलियन ओपनको उपाधि



अ+ अ-

मेलबर्नः यस वर्षको अस्ट्रेलियन ओपनको महिला एकल तर्फको उपाधि अस्ट्रेलियाली टेनिस खेलाडी विश्व नं. १ आस्ले बार्टीले जितेकी छिन् । कुनै पनि अस्ट्रेलियाली खेडालीले सन् १९७८ अर्थात् ४४ वर्ष पछि अस्ट्रेलियन ओपनको उपाधि जितेको यो पहिलो पटक हो ।

रड लाभर एरेनामा खचाखच घरेलु दर्शक माझ भएको फाइनलमा बार्टीले डानियल कोलिन्सलाई सहजै पराजित गरेकी थिइन् । बार्टीले ६–३, ७–६ ले खेल जितेर इतिहास रचिन् ।

यसअघि शुक्रबार भएको सेमिफाइनलमा बार्टीले अमेरिकी युवती म्याडिसन कीज लाई ६–१, ६–३ को सोझो सेटमा सहजै पराजित गरेकी थिइन् ।

सन् १९८० मा अस्ट्रेलियाली महिला वेन्डी टर्नबुलले अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेयता पहिलो पटक बार्टी फाइनलमा पुगेकी थिइन् ।

शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा २७औं वरियताकी अमेरिकी सुन्दरी डानियल कोलिन्सले सातौं वरियताकी इगा स्वाइटेकलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेकी थिइन् ।

पुरुष एकल तर्फको फाइनल भिडन्त भोलि आइतबार हुँदैछ । यस फाइनलमा राफायल नाडाल र डानील मेडेभेडेभ प्रवेश गरिसकेका छन् । एपी