१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृ रामकुमारी झाँक्री- ‘उचित कारण सहितको पक्राउ पुर्जी लिएर आउनुस्’



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले उचित कारण सहितको पक्राउ पुर्जी लिएर आए आफु गिरफ्तारीमा पर्ने बताउनुभएको छ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई आज विहान सोधपुछका लागि प्रहरी चौकी बोलाएको थियो । आफ्नो पक्राउसम्बन्धी आफ्लाई जानकारी समेत आईसकेको नेतृ झाँक्रीले बताउनुभयो ।

प्रहरीले नेतृ झाँक्रीलाई पक्राउ गर्न पुगेपछि पत्रकार सम्मेलन गर्दै उहाँले गणत्रन्त्रको यो समयमा पनि स्वतन्त्र बोल्न पाउनु हरेक नागरिकको स्वतन्त्र अधिकार रहेको बताउनुभयो । त्यस्तै 'तानाशाहहरु ढल्नेबेला अनेक जुक्तीहरु लगाउँछ' नेतृ झाँक्रीले भन्नुभयो । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेतृ झाँक्रीलाई सोधपुछको लागि बोलाईएको हो ।

नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । त्यस्तै हिजो (बुधबार) राजधानीमा आयोजित प्रचण्ड–नेपाल पक्षको आमसभामा पनि उनले मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लनुभएको थियो र झाँक्रीले भन्नुभएको- 'थियो बोल्न पाइन्छ।' साथै उहाँले आफूविरूद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।