• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

भलिबलमा पुरुषको सेमिफाइनल समीकरण पूरा, महिलाको उपाधिका लागि एभरेष्ट र पुलिस भिड्ने



काठमाडौँ । त्रिभुवन आर्मी क्लवले अन्तिम चारको यात्रा तय गरेसँगै आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी च्याम्पियनसिपमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । यससँगै जारी च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भयो । अब सेमिफाइनलमा साविकको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लवले गण्डकी प्रदेश र आर्मीले नेपाल पुलिस क्लवको सामना गर्नेछन् । बिहीवार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिमले चुनौती दिएपनि आर्मीले सेमिफाइनल यात्रा तय गर्यो ।

आर्मीले पहिलो सेट २५–१९ ले आफ्नो पक्ष पार्दै अग्रता बनायो । तर दोस्रो सेट भने सुदूरपश्चिमले २५–२२ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत ग¥यो । यद्यपि आर्मी त्यस पछिका दुई सेटमा क्रमशः २५–२३ र २५–१७ ले विजयी भयो र सुदूरपश्चिमको लक्ष्य पूरा भएन । त्यसअघि बिहीवार नै पुलिसले कोशी प्रदेशलाई २५–१३, २५–१६, २५–१३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । महिलातर्फएभरेष्ट भलिबल क्लव र नेपाल पुलिस क्लव उपाधिका लागि भिड्ने भएका छन् ।

सेमिफाइनलमा एभरेष्टले न्यु डायमण्ड स्पोर्ट्स क्लवलाई २५–२०, २५–१२, २५–१८ र पुलिसले अर्को विभायीय टोली एपिएफलाई २७–२५, २५–२२, २८–३०, २५–१७ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।