२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले किन छोडे चेन्नईको कप्तानी ?



अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनीले चेन्नई सुपर किंग्सको कप्तानी ऋतुराज गायकवाडलाई दिएका छन् । ऋतुराज आईपीएल २०२४ मा चेन्नईको कप्तानको रूपमा देखिनेछन्। चेन्नईले आधिकारिक वेबसाइटमा एक बयान जारी गरेर यो जानकारी दिएको हो ।

चेन्नईको कप्तानी धोनी बहेक अरु कसैले गर्ने यो दोस्रो पटक हो । यसअघि धोनीले रविन्द्र जडेजालाई कप्तानी दिएका थिए । तर जडेजाले यो जिम्मेवारी धोनीलाई फर्काए ।

धोनी ४२ वर्षका छन् र उनी लामो समयदेखि क्रिकेट खेल्दै आएका छन् । उनले सन् २०२० को अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अब उनले आईपीएलबाट पनि सन्यास लिन सक्नेछन् ।

तर यसबारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । धोनीले यो सिजन आफ्नो करियरको अन्तिम खेल खेल्न सक्नेछन् । गत सिजनमा सन्यासको बारेमा सोध्दा उनले सन्यासको कुनै संकेत भने दिएनन् । तर अब उनले सन्यास लिन सक्नेछन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यही कारणले कप्तानी पनि ऋतुराजलाई सुम्पेको विश्वास गर्छन् ।

धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सको कीर्तिमान उत्कृष्ट छ । चेन्नई २००८ मा फाइनलमा पुग्यो । यसपछि उसले सन् २०१० र २०११ मा उपाधि जित्यो । टोली २०१२ मा फाइनलमा पुग्यो । यस्तै, चेन्नईले सन् २०१२ र २०१३ मा उत्कृष्ट कीर्तिमान बनाएको थियो । चेन्नईले २०१५ को फाइनल पनि खेलेको थियो । तर यसमा मुम्बई इन्डियन्ससँग हार बेहोरेको थियो । यसपछि उसले २०१८, २०२१ र २०२३ मा उपाधि जित्यो ।

धोनीले डेब्यु आईपीएल सिजनमा ४१४ रन बनाएका थिए । उनले सन् २००८ मा १६ खेलमा २ अर्धशतक बनाएका थिए । उनले प्रतियोगितामा अहिलेसम्म २५० खेल खेलिसकेका छन् । उनले यो अवधिमा ५०८२ रन बनाएका छन् । धोनीले यस प्रतियोगितामा २४ अर्धशतक बनाएका छन् । उनको उत्कृष्ट स्कोर ८४ रन नटआउट रहेको छ ।