१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारीको पक्राउ गैरकानूनी भएको भन्दै रिट दर्ताको तयारी



अ+ अ-

काठमाडौं । नेकपा नेपाल-दाहल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई  राज्यविरुद्धको कसुर अन्तर्गत  प्रहरीले  प्रक्राउ गर्नु गैर कानुनी भएको दबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ताको तयारी भइरहेको छ ।

बरिष्ठ अधिवक्ता गोबिन्द बन्दीलगायतका कानून व्यवसायीहरु रिट निबेदन तयारीका लागि जुटेका छन् । अधिबक्ता बन्दीले न्यूजपोलारसँग भन्नुभयो प्रहरीले भर्खर पक्राउ गरेको छ, हामी रिटको तयारी गर्दैछौ । सकेसम्म आजै रिट दर्ता गर्ने प्रयास हुने छ । 

राष्ट्रपति बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।  

आरोप प्रमाणित भएमा झाँक्रीलाई  ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख  गरिएको छ ।