• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आईपीएलअघि आशिर्वाद माग्न राम मन्दिर पुग्यो लखनउको टोली



एजेन्सी । आईपीएलको १७ औं संस्करण भोलि शुक्रबारदेखि सुरु हुँदैछ । १० वटै टिम खेल्नका लागि आतुर छन् ।

यसैबीच, लखनउ सुपरजायन्ट्सले आज अयोध्यास्थित राम मन्दिरमा पूजा अर्चना गरेको छ । खेलाडीहरुले रामलल्लाको दर्शन गर्दै आशिर्वाद मागेका छन् । उनीहरुले मन्दिर परिसरमा करिब ४५ मिनेट बिताउँदै तस्बिरहरु पनि खिचाएका छन् ।

लखनउले आईतबार राजस्थानविरुद्ध खेल्दै आईपीएलको सुरुवात गर्नेछ ।