• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर ★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी ★   अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी ★   सडक विभागले टाल्यो न्यूरोडको सडक ★   निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त ★   हिमाली जिल्लाहरुमा छुट्टै आर्थिक वर्ष बनाऔँ: प्रमुख सचेतक शाही ★   न्यूरोडबाट फर्किए महानगर प्रहरी, सडक टाल्ने काम जारी ★   चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ: सांसद गुरुङ ★   अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनु भयो: रघुजी पन्त ★   बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी

रामकुमारीको पक्राउ गैरकानूनी भएको भन्दै रिट दर्ताको तयारी



काठमाडौं । नेकपा नेपाल-दाहल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई  राज्यविरुद्धको कसुर अन्तर्गत  प्रहरीले  प्रक्राउ गर्नु गैर कानुनी भएको दबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ताको तयारी भइरहेको छ ।

बरिष्ठ अधिवक्ता गोबिन्द बन्दीलगायतका कानून व्यवसायीहरु रिट निबेदन तयारीका लागि जुटेका छन् । अधिबक्ता बन्दीले न्यूजपोलारसँग भन्नुभयो प्रहरीले भर्खर पक्राउ गरेको छ, हामी रिटको तयारी गर्दैछौ । सकेसम्म आजै रिट दर्ता गर्ने प्रयास हुने छ । 

राष्ट्रपति बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।  

आरोप प्रमाणित भएमा झाँक्रीलाई  ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख  गरिएको छ ।