१३ श्रावण २०८३, बुधबार
,
Latest
चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीका यी तीन सेना, जो चले भने विरोधीको टाउको दुख्न सक्छ



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्स फेरि मैदानमा उत्रने तयारीमा छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले गत सिजनको फाइनलमा गुजरात टाइटन्सलाई हराएको थियो ।

चेन्नईले आईपीएल २०२४ को पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । यस सिजनमा रचिन रविन्द्र, तुषार देशपाण्डे र समीर रिजभीले राम्रो प्रदर्शन गर्न सक्छन् ।

रचिन रविन्द्र


न्यूजिल्याण्डका खेलाडी रचिन रविन्द्रले करियरमा पहिलो पटक आईपीएल खेल्ने भएका छन् । यो उनको लागि डेब्यु सिजन हुनेछ । रचिनले धेरै अवसरमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यससँगै उनले २५ ओडिआई खेल पनि खेलेका छन् ।

रचिन रविन्द्रले ५६ टी–२० खेलमा ६७३ रन बनाएका छन् । उनी सन् २०२३ को विश्वकपमा चर्चामा आएका थिए । उनले निकै राम्रो प्रदर्शन गरेका थिए । यही कारणले चेन्नईले उनीमाथि ठूलो जोखिम लगायो ।

समीर रिजवी


समीर रिजवी उत्तर प्रदेशका खेलाडी हुन् । उनले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् । तर अहिलेसम्म उनले ठूलो मञ्चमा खेल्ने मौका पाएका छैनन् । यो आईपीएल सिजन रिजवीका लागि टर्निङ प्वाइन्ट हुन सक्छ । यदि उनले खेल्ने मौका पाए भने उनी धोनीका लागि ‘तुरुपको एक्का’ साबित हुन सक्छन् ।

तुषार देशपाण्डे


तुषार देशपाण्डे गेम चेन्जर खेलाडी हुन् । उनले गत सिजन सीएसकेका लागि प्रभावकारी प्रदर्शन गरेका थिए । तुषारले १६ खेलमा २१ विकेट लिएका थिए । यो उनको करियरको अहिलेसम्मकै उत्कृष्ट सिजन थियो ।

अवसर आए तुषारले ब्याटिङ पनि गर्न सक्छन् । उनले हालै रणजी ट्रफी खेलमा शतक बनाएका थिए । तुषारले ६७ टी–२० खेलमा ९९ विकेट पनि लिएका छन् । उनले ३६ प्रथम श्रेणी खेलमा ९७ विकेट लिएका छन् । योसँगै ५११ रन पनि बनाएका छन् ।