४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड



file photo
अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । बिहिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ठाडो आदेशमा रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए हुन् ।

 ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई बारम्बार रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको बताए । यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा घरबाटै पक्राउ गरेको छ ।