१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको उद्घाटनमा अक्षय कुमार र टाइगर श्राफले प्रस्तुती दिने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण भोलि शुक्रबारबाट सुरु हुँदैछ । पहिलो खेल हुनुअघि कार्यक्रममा ओपनिङ सेरेमोनीले मैदानमा दर्शकहरुको उत्साह बढाउन मद्दत गर्नेछ ।

पहिलो खेल रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्स बीच हुनेछ । यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । उद्घाटन समारोहमा धेरै फिल्मी कलाकारहरुको उपस्थिति रहनेछ । यो समारोह ३० मिनेटसम्म चल्ने बताइएको छ ।

आईपीएलको उद्घाटन समारोहमा अक्षय कुमार र टाइगर श्राफ पनि उपस्थित हुनेछन् । यी दुई कलाकारको नयाँ फिल्म ‘बडे मियाँ छोटे मियाँ’ अप्रिल १० मा रिलिज हुँदैछ । अक्षय र टाइगर आफ्नो फिल्मको प्रमोशनका लागि सँगै प्रस्तुति दिनेछन् ।

उनी बाहेक भारतका चर्चित संगीतकार एआर रहमान र सोनु निगम पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । उनको सांगीतिक प्रदर्शनले निस्सन्देह एमए चिदम्बरम स्टेडियममा आकर्षण थप्ने छ । मैदानमा रंगीन बत्ती जडान गरिएको स्टेडियमको तस्विर सामाजिक सञ्जालमा आइरहेका छन् ।

स्टेडियममा उपस्थित हजारौं दर्शकको लागि यी सबै फिल्म स्टारहरू प्रदर्शन गर्न पूर्ण रूपमा तयार हुनेछन् ।

आईपीएलको दिनको खेल सुरु हुने समय दिउँसो ३ः४५ तोकिएको भए पनि साँझको खेल ७ः४५ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन समारोह पनि हुने भएकोले चेन्नई र आरसीबीबीचको खेल बेलुका ८ः१५ बजे सुरु हुनेछ ।




भर्खरै