६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महिनामा एसियन लाइफको नाफा ४५.०२ प्रतिशत बढ्यो



अ+ अ-

काठमाडौं । ६ महिनामा एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ४५.०२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुर्याएको हो ।

गत वर्ष एसियन लाइफको खुद नाफा १२ करोड १३ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।  साथै खुद बिमा शुल्क आम्दानी पनि ३७.१९ प्रतिशतले बढेर पुस मसान्तसम्म ३ अर्ब १३ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
 
एसियनको जीवन बिमा कोष १९ अर्ब ३१ करोड ७२ लाख रुपैयाँबाट बढेर २४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले पुसमसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ८८ लाख रुपैयाँ छुट्याएको छ । यस्तै, रिजर्भ कोषमा ७२ करोड ३१ लाख २० हजार रुपैयाँ छ । 

एसियनको प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ५१ पैसा र प्रतिसेयर १३९ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ ।