२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा



अ+ अ-

मुग्लिन, (चितवन) . चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उहाँले बताउनुभयो । गाउँपालिकाले सातैै वडामा ६० क्वीन्टल मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो ।गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । रासस




भर्खरै