१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारीको पक्राउ गैरकानूनी भएको भन्दै रिट दर्ता



अ+ अ-

काठमाडौं । नेकपा नेपाल-दाहल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत प्रहरीले पक्राउ गर्नु गैर कानुनी भएको दबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ता भएको छ । बरिष्ठ अधिवक्ता गोबिन्द बन्दीलगायतका कानून व्यवसायीहरु रिट निबेदन दर्ता गरेका हुन् । 

राष्ट्रपति बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।  

आरोप प्रमाणित भएमा झाँक्रीलाई  ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख  गरिएको छ ।