• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

काँग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ: रघुजी पन्त



काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली काँग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रश्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि काँग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रश्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताउनु भयो । उहाँले र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले बनाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जुन हिजो आवाज उठाउनेमध्ये एक म पनि थिएँ । मेरो प्रमाण र आधार थिए । मैले नेपालमा पञ्चायत कालदेखि अहिलेसम्म अख्तियारले बोलाएपछि सबै मन्त्रीहरु राजीनामा दिएर मात्रै बयान दिन गएका थिए । मैले नाम र प्रमाणसहित राखेको थिएँ । संविधानमा, कानूनमा नलेखे पनि राजनीतिक मोडालिटीमा पञ्चायत, बहुदलमा पनि चलेको थियो र अहिले पनि चल्नुपर्छ । त्यस्तो कुरा उल्लंघन गर्नु हुँदैन । प्रकाश ज्वालाजीको राजीनामाको कुरा मैले धेरै जोडले उठाएको थिइन तर त्यो बेलाको सरकारले स्वयं आयोग गठन गरेको हो, हामीले गठन गर भनेको होइन । सरकारले बनाएको आयोगले मन्त्रीलाई दोषी देखाइसकेपछि मन्त्री कसरी बसिरहन मिल्छ ? प्रकाश ज्वालाजीलाई राजीनामा दिन बाध्य पार्ने अवस्था सरकार स्वयंले गरेको हो । हिजो हामीले ठाउँमा प्रशस्त आधारहरु थिए, त्यस्तै आधार बलियो, आधार प्रमाण राजनीतिक तर्कहरु अहिलेको प्रतिपक्षले ल्याउँछ भने त्यसलाई नमान्ने भन्ने हुँदैन तर मुढाग्रह र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले उठाउनु हुँदैन ।’

नेकपा एमाले प्रतिपक्षमा रहेको बेलामा प्रशस्त आधार र प्रमाणसहित मन्त्रीहरुको राजीनामा मागेको बताउनु भयो ।