४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृ झाँक्री पक्राउबारे बुझ्न मानवअधिकार आयोगको टोली मिनभवनमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ । बिहिबार प्रकाउ परेकी प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न आयोगको टोली अपराध महाशाखा मिनभवन पुगेको हो । 

राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी झाँक्रीकोबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली अपराध महाशाखाको कार्यालयमा पुगेको हो । झाँक्रीलाई 
प्रहरीले बिहीबार विहान शंखमूलस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो ।  

किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।