• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

उपनिर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बोलाइएको हो ।

यस्तै आजै तीन बजेदेखि मस्यौदा समितिको बैठक पनि बस्ने बताइएको छ ।

सचिवालय बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने नउठाउनेबारे छलफल हुने नेताहरूको भनाइ छ । बैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । इलाम २ मा एमालेको सहयोगमा झलनाथ खनालले उम्मेदवारी दिने चाहना राखेका छन् ।

तर एमालेले स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।