७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या, थाना प्रमुख निलम्बित, उच्चस्तरीय जाँच सुरु



अ+ अ-

काठमाडौं । नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ गते भएको घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका डेपुटी सुपरिटेन्डेन्ड अफ पुलिस शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घटनास्थलको विशेष जाँचबुझ गरेको छ ।

स्थानीय प्रहरी विवादमा मुसिएपछि भारतको बिहार प्रान्तको राजधानी पटनाबाट अपराध अनुसन्धान विभाग ९सिआइडी० की प्रहरी उपरीक्षक विणा कुमारीको नेतृत्वको बेग्लै टोलीले गत मंगलबार स्थलगत जाँचबुझ गरेको थियो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसारअहिलेसम्मको अनसन्धानमा बलात्कारपछि हत्या गरिएर बालिकाको शवलाई घटना दबाउने उद्देश्यले स्थानीय थानाप्रमुख सञ्जीव रञ्जनकै संलग्नतामा जलाएर नष्ट गरिएको भन्ने आरोपलाई पुष्टि गर्ने साक्ष्य प्रमाण देखा परेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियो क्लिपमा लास जलाएर नष्ट गर्ने विषय उजागर भएको थियो । त्यसपछि मोतिहारी पुलिस अधीक्षकको कार्यालयका सुपरिटेन्डेन्ट अफ पुलिस नवीनचन्द्र झाले थानाध्यक्षलाई निलम्बन गर्दै जाँचको नियन्त्रण आफ्नो हातमा लिएका थिए । नागरिक दैनिकमा समाचार छ ।