५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा भर्ना भएका थप १५ नेपालीको मृत्यु



फाईल फोटो
अ+ अ-

काठमाडौं । रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् ।

रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेको छैन । परराष्ट्रले यसअघि १७ जनाको मात्र मृत्युको आधिकारिक पुष्टि गरेको छ । पहिचान नभएका यी १५ सहित रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ३२ पुगेको छ ।

रुस सरकारले फागुन २३ मा नेपाल दूतावासलाई पत्र पठाउँदै डीएनए नमुना पठाइदिन अनुरोध गरेको हो । ‘रुसी सेनामा कार्यरत नेपाली नागरिक भनिएकाको शवको पहिचानका लागि निज परिवारका सदस्यहरूलाई सम्पर्क गरी निजको आइडेन्टिफिकेसन मार्क एवं जेनेटिक टेस्टिङका लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना उपलब्ध गराइदिन रुसी परराष्ट्र मन्त्रालयको पत्रमार्फत अनुरोध भएको छ,’ मस्कोस्थित नेपाली दूतावासद्वारा कन्सुलर विभागमा पठाइएको पत्रमा उल्लेख छ ।

डीएनए परीक्षणका लागि १५ परिवारका सदस्यलाई कन्सुलर विभागले सम्पर्क गरिसकेको छ । रुसले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिन पत्र प्राप्त भएको हो ।

डीएनए नमुना पठाइदिन पत्र पठाइएकामध्ये दाङका जितबहादुर पुन मगर र ओखलढुंगाका खोमबहादुर भुजेलका परिवारले कुशको शव बनाई दाहसंस्कार गरिसकेका छन् ।

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये कम्तीमा ९६ जना परिवारको सम्पर्कमा छैनन् । उनीहरूका परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिइसकेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।




भर्खरै