५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमाद वासिमले बनाए विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । इस्लामाबाद युनाइटेडका अनुभवी अलराउन्डर इमाद वासिमले सोमबार पाकिस्तान सुपर लिगको फाइनलमा इतिहास रचेका छन् । पाकिस्तान सुपर लिग २०२४ को फाइनल खेल इस्लामाबाद युनाइटेड र मुल्तान सुल्तान्सबीच कराँचीको नेशनल स्टेडियममा भएको थियो ।

मुल्तान सुल्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि बायाँ हाते स्पिनर इमाद वासिमले चाँडै नै सो निर्णय गलत साबित गरे । इनिङ्सको दोस्रो ओभरमा वासिमले यासिर खान र डेभिड विलीलाई आफ्नो शिकार बनाए ।

यसपछि उनले खुशदिल शाह, क्रिस जोर्डन र अब्बास अफ्रिदीलाई आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरे ।

इमाद वासिम पाकिस्तान सुपर लिगको फाइनलमा एक इनिङमा ५ विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । पाकिस्तान सुपर लिगको ९ औं संस्करण सकिएको छ र इमाद बाहेक अन्य कुनै बलरले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । इमाद वासिमअघि पीएसएल फाइनलमा उत्कृष्ट बलिङ गर्ने कीर्तिमान शाहीन अफ्रिदीको नाममा थियो ।

शाहिन अफ्रिदीले २०२३ को पीएसएल फाइनलमा मुल्तान सुल्तान्सविरुद्ध ५१ रन दिएर चार विकेट लिएका थिए । यी दुई बलरबाहेक फाइनलमा कुनै पनि बलरले क्रमशः पाँच वा चार विकेट लिन सकेनन् ।

इस्लामाबाद युनाइटेड च्याम्पियन बन्यो
पाकिस्तान सुपर लिग २०२४ को फाइनलमा सोमबार अन्तिम बलमा मुल्तान सुल्तान्सलाई दुई विकेटले पराजित गर्दै इस्लामाबाद युनाइटेडले तेस्रोपटक उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको मुल्तान सुल्तान्सले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा युनाइटेडले ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच इमाद वासिम चुनिए ।