२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल कमेन्ट्रीमा फर्किए सिद्धु



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु आईपीएल २०२४ मा आफ्नो आवाजको जादू फैलाउँदै देखिने भएका छन् । मार्च २२ देखि सुरु हुने आईपीएल २०२४ को कमेन्ट्री प्यानलमा सिद्धुको नाम पनि समावेश छ ।

आगामी आईपीएलको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ । आईपीएल प्रशारक स्टार स्पोर्ट्सले सोशल मिडिया मार्फत नवजोत सिंह सिद्धुलाई कमेन्ट्री प्यानलमा फर्किएको पुष्टि गर्‍यो ।

स्टार स्पोर्ट्सले ट्विट गरेको छ, एक बुद्धिमान मानिसले भने –‘आशा सबैभन्दा ठूलो तोप हो ।’ र बुद्धिमान महान नवजोत सिंह सिद्धु आफै हाम्रो अद्भुत स्टार कास्टमा सामेल हुनेछन् । उनको अचम्मको कमेन्ट्री र शानदार वन लाइनरहरू नछुटाउनुहोस् ।’

कमेन्ट्रीबाट टाढै रहँदा सिद्धु २०१९ मा द कपिल शर्मा शोबाट बाहिरिएपछि विवादमा फसेका थिए । ६० वर्षीय नवजोत सिंह सिद्धुले सन् २००१ मा आफ्नो कमेन्ट्रीबाट हलचल मच्चाएका थिए । उनको दोहोरी, कविता र एक–लाइनरलाई मानिसहरूले धेरै मन पराए । सिद्धुसँग क्रिकेटका जटिलताहरूलाई रमाइलो ढंगले प्रस्तुत गर्ने कला थियो, जसका कारण उनको फ्यान फलोइङ अचम्मको थियो ।

नवजोत सिंह सिद्धुलाई आफ्नो खेलको समयमा धेरै शान्त क्रिकेटर मानिन्थ्यो तर कमेन्ट्रीमा आएपछि मानिसहरूले उनको फरक अवतार देखे । सिद्धुको क्रिकेटको बुझाइ र त्यसलाई प्रस्तुत गर्ने शैली मानिसहरूलाई बिल्कुलै फरक देखिन्थ्यो । यही कारणले गर्दा नवजोत सिंह सिद्धुलाई भारतका शीर्ष कमेन्टेटर मानिन्छ ।

नवजोत सिंह सिद्धुको अन्तर्राष्ट्रिय करियर १५ वर्षसम्म चलेको थियो । उनले सन् १९८३ देखि १९९८ सम्म भारतीय टोलीमा रहेका थिए । यस अवधिमा सिद्धुले ५१ टेस्ट र १३६ एकदिवसीय खेले । उनले टेस्टमा ३२०३ रन र एकदिवसीयमा ४४१३ रन बनाए । दायाँ हाते ब्याट्सम्यानले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १५ शतक र ४८ अर्धशतक पनि बनाएका छन् ।