२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्कको कमाई आईपीएल जित्ने विजेता टिमको भन्दा बढी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण मार्च २२ (शुक्रबार)देखि सुरु हुँदैछ । उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र चेन्नई सुपर किंग्स (सिएसके)बीच हुँदैछ ।

आईपीएल लिलामीमा मिचेल स्टार्क मात्र नभई उनको राष्ट्रिय टोली (अष्ट्रेलिया)का कप्तान प्याट कमिन्सको लागि पनि २० करोड भारुभन्दा बढी खर्च भएको थियो । कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाखमा किनेको थियो । आईपीएलको विजेताको पुरस्कार २० करोड छ ।

आईपीएलका शीर्ष १० सबैभन्दा महँगा खेलाडीको मूल्य पनि १६ करोड रुपैयाँभन्दा बढी छ । शीर्ष ४ स्थानमा रहेका सबै विदेशी छन्, जसमा अष्ट्रेलियाका ३ खेलाडी छन् । केएल राहुल र विराट कोहलीको कमाई भारतीयमा सबैभन्दा धेरै छ । लखनउको टोलीले राहुललाई १७ करोड र विराटलाई पनि आरसीबीले १७ करोड रुपैयाँ दिन्छ ।

विजेता टोलीको २० करोडको पुरस्कार भलै कमिन्स र स्टार्कको कमाइभन्दा बढी नहुन सक्छ तर यो रकम आईसीसी टी–२० विश्वकप जितेको पुरस्कारभन्दा पक्कै बढी हो । टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीले आईसीसीबाट १३–१३ करोड रुपैयाँ पाउँछन्, जुन आईपीएल विजेताको कमाई भन्दा ७ करोड कम हो ।

तर, आईपीएल अझै पनि एकदिवसीय विश्वकप जित्ने पुरस्कारभन्दा १३.२ करोड रुपैयाँ पछाडि छ । अष्ट्रेलियाले २०२३ को विश्वकप जित्दा ३३.२ करोड रुपैयाँ पाएको थियो । दक्षिण अफ्रिकाको एसए२० लिग जित्ने टोलीले १५ करोड रुपैयाँ पाउँछ ।