९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लागाईयो



अ+ अ-

बेइजिङ । चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।  ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो ।

बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ । गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ । बीबीसीले चिनियाँ राष्ट्रियता र राष्ट्रिय एकतालाई अवमूल्यन गर्दै सामग्री प्रसारण गरेको पनि चिनियाँ अधिकारीले आरोप लगाएका छन् ।

बीबीसीका एसिया सम्पादकका अनुसार चीनमा बीबीसी वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाउँदै खासै असर नपर्ने बताए । उनका अनुसार चीनमा केबल अपरेटरहरुले बीबीसी टेलिभिजन खासै प्रसारण गर्दैनन् । केही होटेल र आवासीय क्षेत्रहरुमा बाहेक बीबीसी वर्ल्ड सर्भिसको प्रसारण नहुने अल जजीराले उल्लेख गरेको छ ।

बीबीसीका तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘चिनियाँ प्रशासनको यो कदमप्रति हामी खेद प्रकट गर्दछौँ । बीबीसी विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार प्रसारकमध्येको ए हो । विश्वभर पूर्ण रुपमा निष्पक्ष रही, बिनाडर र बिनापक्षपात बीबीसीले समाचार सामग्री प्रसारण गर्दछ ।’ कान्तिपुर दैनिक