७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लागाईयो



अ+ अ-

बेइजिङ । चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।  ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो ।

बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ । गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ । बीबीसीले चिनियाँ राष्ट्रियता र राष्ट्रिय एकतालाई अवमूल्यन गर्दै सामग्री प्रसारण गरेको पनि चिनियाँ अधिकारीले आरोप लगाएका छन् ।

बीबीसीका एसिया सम्पादकका अनुसार चीनमा बीबीसी वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाउँदै खासै असर नपर्ने बताए । उनका अनुसार चीनमा केबल अपरेटरहरुले बीबीसी टेलिभिजन खासै प्रसारण गर्दैनन् । केही होटेल र आवासीय क्षेत्रहरुमा बाहेक बीबीसी वर्ल्ड सर्भिसको प्रसारण नहुने अल जजीराले उल्लेख गरेको छ ।

बीबीसीका तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘चिनियाँ प्रशासनको यो कदमप्रति हामी खेद प्रकट गर्दछौँ । बीबीसी विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार प्रसारकमध्येको ए हो । विश्वभर पूर्ण रुपमा निष्पक्ष रही, बिनाडर र बिनापक्षपात बीबीसीले समाचार सामग्री प्रसारण गर्दछ ।’ कान्तिपुर दैनिक