२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको बचाउ गर्दै ओलीको आरोप – कांग्रेसले बद्नाम गर्न खोज्यो



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।

यता, अध्यक्ष ओलीले भने कांग्रेस लामिछानेलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप लगाएका हुन् ।

ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए ।

मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘के रवि लामिछाने सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’

रवि लामिछाने र रास्वपा कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको जिकिर गरे ।