१७ भाद्र २०८३, बुधबार
,
Latest
बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको बचाउ गर्दै ओलीको आरोप – कांग्रेसले बद्नाम गर्न खोज्यो



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।

यता, अध्यक्ष ओलीले भने कांग्रेस लामिछानेलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप लगाएका हुन् ।

ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए ।

मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘के रवि लामिछाने सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’

रवि लामिछाने र रास्वपा कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको जिकिर गरे ।