२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकताः मुख्यमन्त्री शाही

सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकताः मुख्यमन्त्री शाही
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा विद्यमान सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुगेको बताउनुभएको छ । ‘ग्याल्वो र सोनाम ल्होसार पर्व २०७७’ को अवसरमा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायलाई आज एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले नेपाली समाजमा रहेका मौलिक पर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताउनुभएको हो ।

नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा उहाँले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा समेत सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले सन्देशमा भन्नुभएको छ, “विभिन्न विशेषता र पहिचान बोकेका नेपाली सांस्कृतिक चाडपर्वहरु हाम्रा सम्पत्ति हुन् । तिनको संरक्षण संवद्र्धन र प्रवद्र्धनले हाम्रो आपसी भाइचारा सम्बन्ध, सद्भाव र एकता दिगो तथा बलियो बनाउन मद्दत पुग्छ । हरेक चाडपर्व संरक्षण गर्नुमा हामी सबैको साझा भूमिका हुनुपर्दछ ।”

सुखी र समुन्नत राष्ट्र निर्माणमा नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेश सरकारको ‘सुखी कर्णाली, सुखारी कर्णालीवासी’ को सपना पूरा गर्न बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ल्होसार पर्वले मद्दत पुग्ने भन्दै उहाँले समग्र नेपाली जनतालाई एकतावद्ध हुने प्ररेणा मिलोस् भन्ने शुभकामना प्रदान गर्नुभएको छ ।