![](https://newspolar.com/wp-content/uploads/2024/03/Pokhara-Aaglagi.jpg)
पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ मा पर्ने काहुडाँडामा भीषण आगलागी भएको छ ।
राति ९ बजे नजिकैको जंगलबाट सल्किएको आगो तीव्रगतिमा फैलिएको हो । आगलागीबाट नजिकैको बस्ती जोखिममा परेको छ ।
आगो लागेको स्थान र वस्तीबीचको दुरी करिब २ सय मिटरको मात्र रहेको स्थानीयले बताएका छन् । अहिले आगो निभाउन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।
आगलागी धेरै ठाउँमा फैलिएको र रातको समय भएकाले नियन्त्रणमा लिन समस्या परेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।