१७ भाद्र २०८३, बुधबार
,
Latest
बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि इजरायली राजदुतले भेटे मृतक आनन्द साहको परिवार



अ+ अ-

काठमाडौँ । गत असोजमा ईजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग ईजरायली राजदुत हनान गोदरले भेटघाट गर्नुभएको छ ।

नेपालका लागि ईजराइली राजदुत हनान गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गर्नुभएको हो । ईजरायलमा मारिएको धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. ४ सपहीका २२ वर्षीय आनन्द साहको घर पुग्नुभएका ईजराइली राजदुत हनान गोदरले उहाँको परिवारको पीडा र रोदन देखेर आफ्नो मन पनि सम्हाल्न नसकेको बताउनु भयो । उहाँले परिवारजनलाई आफूलाई सम्हाल्न आग्रह गर्नुभयो ।

आनन्दको परिवारलाई एक्लो महशुस नगर्न आग्रह गर्दै उहाँले नेपाली सरकार र सञ्चारमाध्यमहरुले घटनाको विषयमा गरेको हमासको निन्दाका लागि धन्यवाद दिनुभयो । घटना भएको २७ दिन मात्र अगाडि गत भदौ २५ गते ४९ जना नेपाली युवा विद्यार्थीहरुको समूह कृषिमा स्नातकोतर अध्ययन गर्नका लागि इजरायल पुगेका थिए ।