५ भाद्र २०८३, शुक्रबार
,
Latest
संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अश्विनले आईपीएलको उद्घाटन खेलको टिकट नपाएपछि…



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले आईपीएल २०२४ को उद्घाटन खेलको टिकट पाएका छैनन् । सिजनको पहिलो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच मार्च २२ मा चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेलिनेछ ।

अश्विन आफैं राजस्थान रोयल्सबाट खेल्छन् तर उनी आफ्ना छोराछोरीका लागि उद्घाटन खेलको टिकट खोजिरहेका छन् ।

अश्विनले टिकटका लागि सामाजिक सञ्जालमा सिएसके व्यवस्थापनलाई अपील गरेका छन् । अश्विनको परिवार चेन्नईमा बस्छ । उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन् ‘यो खेलको टिकटको धेरै माग छ । मेरा बच्चाहरू उद्घाटन समारोह र खेल हेर्न चाहन्छन् ।’

आईपीएल टिकट सोमबारदेखि अनलाइन उपलब्ध हुनेछ । पहिलो खेलको टिकट सोमबार बिहान ८ बजेबाट उपलब्ध गराइएको छ । तर टिकट केही समयमै बिक्यो, अश्विनको परिवारले पनि एपबाट टिकट किन्न सकेनन् । त्यसपछि अश्विनले सीएसके व्यवस्थापनलाई अनुरोध गर्नुपर्‍यो ।

चेन्नईले पहिलो चरणको घोषित तालिका अनुसार चार खेल खेल्नुपर्नेछ । जसमा घरेलु मैदान चेपौकमा दुई खेल हुनेछन् । चेन्नईको चेपौकमा खेलाइने खेलका टिकट मात्रै नभएर अन्य स्थानमा सीएसकेले खेल्ने खेलका टिकट पनि बिक्री भइसकेका छन् ।

चेन्नई सुपर किंग्सको पहिलो खेल २२ मार्चमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध चेन्नईमा नै खेलिने छ । दोस्रो खेल गुजरात टाइटन्ससँग मार्च २६ मा चेपौकमा हुनेछ । चेन्नईले आफ्नो तेस्रो खेल दिल्ली क्यापिटल्ससँग मार्च ३१ मा विशाखापट्टनममा र चौथो खेल अप्रिल ५ मा सनराजर्स हैदरावादसँग खेल्नुपर्नेछ ।