• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

प्रचण्डले बोलाए पदाधिकारी बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले मंगलबार बिहान बस्नेगरी पदाधिकारी बैठक बोलाउनु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेलगत्तै प्रचण्डले बैठक डाक्नुभएको हो ।

बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ ।