• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मधेसका मुख्यमन्त्री यादवले बर्खास्त गरे कांग्रेसका तीन मन्त्री, एमालेका यादव मन्त्री नियुक्त



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका हुन् ।

केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै मुख्यमन्त्री यादवले प्रदेशमा पनि मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि जनमत पार्टीका दुई सांसदले सरकार छाडेका थिए । मधेस सरकारमा नेपाली कांग्रेसबाट तीन मन्त्री पनि खाली भएपछि मुख्यमन्त्रीको जिम्मामा पाँच मन्त्रालय छन् ।

एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो । नेकपा एमालेले ४ वटा मन्त्रालय पाउने स्रोतले जनाएको छ ।